भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवलाई ज्ञापनपत्र
बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।
पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र बुझाईएको छ । पर्साको पटेर्वा सुगौली गाँउपालिकामा पर्ने जंगलभित्र रहेको प्रसिद्ध दुग्धेश्वर महादेव भाथा मन्दिरमा साउन महिनामा लाखौं भक्तजनहरुको भिड लाग्ने गरिन्छ ।
उक्त मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन । भाथा धाममा आउने तिर्थ यात्रुहरुलाई राति सुत्न , बास बस्ने ,स्वच्छ खानेपानी लगायत व्यवस्थित शौचालयको अभावमा मेला घुम्न आउने भक्तजनहरुलाई निक्क्ै सास्ती भोग्नु परेको छ ।
यी सबै सम्सयाको समाधानका लागि बिरगंज स्थित मन्त्री यादवको निजी निवासमै पुगेर जसपाका नेता दीपक यादव एवं मेला समितिको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन । मेला समितिले भाथाधाममा पूर्वाधार निर्माणका साथै सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह गरेको थियोे । ज्ञापनपत्र बुझदै मन्त्री यादवले छठ पर्व पछि मन्त्रालय र सरकारी कार्यालयहरु खुल्ने भएकाले छठ पर्व लगत्तै भाथाधाममा प्राविधिक टोली पठाएर त्यहाँ आवश्यक पूर्वाधारका बारेमा योजना बनाउन लगाउने प्रतिबद्धता जनाएका थिए। साथै उचित ब्यवस्थापनको लागि पहल गरिने र आफनो मन्त्रालयको तर्फबाट स्वच्छ खानेपानीको ब्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
ज्ञापनपत्र बुझाउने टोलीमा पूर्व मन्त्री तथा जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी,पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी र जन्नत अंसारी, वडा अध्यक्ष फरमान अन्सारी, जसपाका नेताहरु दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु,माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्ववारिका उपाध्याय, गेनालाल पटेल लगायतको उपस्थिति रहेको थियो।