भारत–अमेरिका १० वर्षे रक्षा साझेदारीमा ऐतिहासिक समझदारी

26

क्वालालम्पुर : भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन्।

सम्झौताले दुई देशबीचको बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने र इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति तथा सुरक्षा सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ। अमेरिकी युद्धमन्त्री हेगसेथले सामाजिक सञ्जाल एक्समा लेख्दै, “भारतसँगको हाम्रो रक्षा सम्बन्ध अब सबैभन्दा बलियो चरणमा पुगेको छ। यो सम्झौताले समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहयोगलाई नयाँ स्तरमा पुर्‍याउनेछ,” भने।

भारतीय रक्षामन्त्री सिंहले सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै, “यो ढाँचाले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगमा प्रवेश गराउनेछ। रक्षा क्षेत्र हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भ रहिरहनेछ,” बताए।

यो भेटवार्ता क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठक को अवसरमा भएको हो। यसले आगामी नोभेम्बर १ मा हुने आसियान रक्षा मन्त्रीहरूको बैठक ९एडिएमएम प्लस० अघि दुवै देशबीचको रक्षा र सुरक्षा सहयोगलाई सुदृढ बनाउने दिशामा कदम ठानेको छ।

सम्झौताले भारत–अमेरिका सम्बन्धलाई नयाँ रणनीतिक दिशा प्रदान गर्ने, क्षेत्रीय स्थिरता कायम राख्ने र स्वतन्त्र, खुला तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.