भिकम्पुरमा ३० दिने सिलाई कटाई तालिम शुरू
१४ फाल्गुन वीरगन्ज, आनन्द पटेल
पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिकम्पुर टोलमा ३० दिने सिलाई कटाई तालिम शुरू भएको छ ।
स्वरोजगार व्यवसायिक तालिम श्रीपुर ११ पर्साको आयोजनामा सोमबारदेखि सो तालिम शुरू गरिएको हो । तालिमको समुद्घाटन पालिका प्रमुख मदन प्रसाद चौहानले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख चौहानले पहिलो समयमा मधेशका महिलाहरु विभिन्न सीप सिकेर व्यवसायिक रुपमा अगाडि बढिरहेको मा त्यसकै फलस्वरूप यो तालिमको आयोजना गरिएको बताए ।
उनले यो तालिमबाट यस टोलका महिलाहरु पनि सिलाई कटाई गर्नमा सक्षम हुने र व्यावसायिक रूपमा अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए । प्रमुख चौहानले आउने दिनमा पनि महिलाहरूका लागि गाउँपालिकाबाट सिपमुलक तालिमको आयोजना गर्दै जाने प्रतिबद्धता जनाए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह,वडा नं २ का वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, सामाजिक विकास शाखा प्रमुख जितेन्द्र चौहान, सब इन्जिनियर रबीभुषण पटेल,योजना शाखा प्रमुख पप्पु पटेल, वडा सदस्य व्यान्ती देवी, समाजसेवी भिखारी पटेल, प्रशिक्षक पुनिता देवी चौहान, स्वरोजगार व्यवसायिक तालिम केन्द्रका संचालक श्रीमती सबिता शर्मा लगायतको उपस्थिति रहेको थियो । सो तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ ।