मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले गरे छोरीको विवाहका लागि सामग्री सहयोग
लैया । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिकरुपले विपन्न एक परिवारको छोरीको विवाहका लागि सामग्री सहयोग गरेका छन् ।
बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी९भदई०को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका हुन् । मुटु र टिबि रोगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले २५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि कपडा सहयोग गरेका हुन् ।
बुधबार बिहान सोही गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।
ओम बिनायक ट्राभल्सका संचालक समेत रहेका पत्रकार पौडेलले आर्थिक अभावका कारण कोहि पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गरेको बताए। उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई गिजोलिरहेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए ।
सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहेपनि सहज तरिकाले गर्न पाएको बताइन्