मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : महामन्त्री शर्मा

25

सिरहा: नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताएका छन् । नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले कांग्रेससँग राम्रो व्यवहार नदेखाएको बताएका हुन्।

उनले यस्तै व्यवहार रहेमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको विकल्प ढिला चाँडो खोजिने बेला आएको उनले बताए। झअहिले जनमतको नेतृत्वमा रहेको सरकारले जे जति काम गरिरहेको छ । त्यो चित बुझाई छैन । गुनासो धेरै रहेको मधेस हिडाँईमा जानकारी पाएको छु, उनले भने, झकेन्द्रमा जनमत सरकारमा रहेकोले हामी केही बोलेको छैनौं । मधेसमा अहिले सम्म कांग्रेसले मुख्यमन्त्री पाएको छैन । कृष्ण यादवकै नेतृत्वमा हामी सरकार बनाउनेछौँ । एमाले, कांग्रेस र लोसपा मिले सहजै सरकार बन्ने उनले सुनाए ।

बीआरआई मात्रै होइन नेपाली कांग्रेसले अब कुनै पनि अरु देशबाट पनि ऋण थुपारेर विकास गर्ने पक्षमा नरहेको महामन्त्री शर्माको भनाई छ । संघीय सरकार अहिले फेरबदलको कुनै सम्भावना नरहेको त्यसमा ढुक्क रहन नेता र कार्यकर्तालाई महामन्त्री शर्माले आश्वस्त पारेका थिए ।

झसहकारी अपचलनमा रवि लामिछाने केन्द्रित मात्रै छानबिन र कारवाही प्रक्रिया भइरहेको छैन । यसमा थुप्रै मानिसहरु पक्राउ परेका छन् । जसमा कांग्रेस एमालेका नेताहरु पनि छन्ञ,उनले भने, झअहिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको छ, दोषी भए कारवाही हुनुपर्छ ।ञ उहाँलाई पक्राउ गरेको दिन कांग्रेस झण्डा लिएर आन्दोलन नउत्रिन महामन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई सचेत गराएका छन् ।

Leave A Reply

Your email address will not be published.