मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा सम्मानित

175

वीरगञ्ज । महिलाले मात्रै सञ्चालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अठारौँ राष्ट्रिय दिवसलाई लक्षित गर्दै काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच मध्यनेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्का सम्मानित भएकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सूडीले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेर सम्पादक खड्कालाई सम्मान गरेका हुन् ।

पत्रिकामार्फत मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचना तथा अन्य सामग्री प्रकाशन गरेर सचेतना जगाउने तथा सरोकारवालालाई खबरदारी गर्ने कार्यको कदर गर्दै सम्मान गरिएको मन्त्री सूडीले बताए ।

वीरगञ्जबाट साप्ताहिक रुपमा प्रकाशन हुने मधेश प्रदेशकै एकमात्र रंगिन पत्रिका महिलाले मात्रै सञ्चालन गरेको पत्रिका हो । महिलाले गरेका कामको कदर गर्दै सम्मान गरेकोमा सम्पादक खड्काले खुशी प्रकट गरिन् । सम्मान ग्रहण गर्दै उनले अझै ऊर्जा र जोशका साथ काम गर्ने जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् ।

Leave A Reply

Your email address will not be published.