मन्त्रीलाई प्रश्न गरेको अभियोगमा पक्राउ परेकी किरण साह ५ हजार धरौटीमा रिहा

41

पर्सा जिल्ला अदालतले खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत चर्को शैलीमा प्रश्न गरेकी वीरगञ्जकी किरण साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बिहीबार न्यायाधीश कमलकान्त जोशीको इजलासले यस्तो आदेश दिएको हो।

साहलाई गत शनिबार प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि म्याद थपिएको थियो। मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा उनलाई ज्यान मार्ने धम्की, झुटा अफवाह र विद्युतिय कारोबारसम्बन्धी तीन मुद्दामा अनुसन्धान भइरहेको थियो।वीरगञ्जमा हैजा फैलिँदा मुर्ली निवासी साहले मन्त्री यादवलाई फोन गरी तीव्र प्रश्न गरेकी थिईन। सो क्रममा उनले आक्रोशपूर्ण स्वर र केही धम्कीपूर्ण शब्द प्रयोग गरेको बताइएको छ।

घटना सार्वजनिक भएपछि मन्त्री यादवले फेसबुक मार्फत स्पष्टीकरण दिँदै प्रहरीलाई नरम हुन आग्रह गरिएको बताएका छन्। तर, जनस्वास्थ्यसँग जोडिएको विषयमा आक्रोश पोखेको भरमा महिलालाई हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालमा मन्त्रीको व्यापक आलोचना भएको छ। धेरैले यसलाई “सामान्य जनताको आवाज दबाउने प्रयास” को रूपमा लिएका छन्।

Leave A Reply

Your email address will not be published.