मन्त्री यादवले एकैपटक महोत्तरीमा गरे १० योजनाको शिलान्यास,६ करोडको लगानीमा योजनाको काम शुरु हुदै
१४, वैशाख
मधेस प्रदेशका भौतिक पुर्वाधार बिकाश मन्त्री सरोज यादवले एकपटकमा १० योजनाको शिलान्यास गरेका छन ।शनिबार महोतरीको समसी र सोनम नगरपालिका भित्रका बिभिन्न स्थानमा बिकाश निर्माण कार्यको शिलान्यास गरेका हुन । यादवले गाँउपालिका वडा नम्बर ३ बैरगीया देखि बिर्ता जाने सडक स्तरउन्नती, वडा नम्बर १ मा हाईवे देखि खखना जोड्ने सडकको ढलान,पिपरिया टोलमा सडक स्तरउन्नती,समसी गाँउपालिका वडा नम्बर ६ मा मर्दसा भवन निर्माणको शिलान्यास गरेका छन । यसतै वडा नम्बर ६ कै पासवान धर्मशाला र चौधरी धर्मशालाको पनि मन्त्री यादवले शिलान्यास गरेका छन । यसैगरी मन्त्री यादवले सोनम नगरपालिका वडा नम्बर २ मा सामुदायिक अस्पताल भवनको शिलान्यास गरेका छन ।यादवले करिव ६ करोडको लागतमा सो निर्माण कार्य शुरु भएको र तोकिएको समय भित्र निर्माण कार्य पुरा हुने मन्त्रीका स्वकिय सचिव रंजित सिंहले जानकारी दिए ।