मन्त्री यादवले गरे वीरगंज कारागारको अनुगमन

88

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।  नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गरेका छन । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री यादवले शनिबार निरीक्षण तथा अनुगमन गरेका हुन ।

बिरगंजका कैदिबन्दीहरूसँग भेटेर उनीहरूको दैनिक जीवनमा आइरहेका समस्याहरू बारे मन्त्री यादवले प्रत्यक्ष जानकारी लिएका थिए । कैदिबन्दीहरूलाई शौचालय, बिधुत , र खानेपानीको अभाव रहेको साथै महिला कैदीबन्दीहरुलाई बस्ने कोठाहरु जीर्ण अवस्थामा रहेको पाईएको छ ।

स्थलगत अवलोकन गरिसकेपछि मन्त्री यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मान जनक वातावरण प्रदान गर्नु राज्यको दायित्व हो । यसै सन्दर्भमा महिला कैदीहरूका लागि शौचालय तथा अन्य पूर्वाधारहरूको सुधार, जीर्णोद्धार, र व्यवस्थित खानेपानीको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएका थिए ।

मन्त्री यादवले नेपाल सरकार यस विषयमा गम्भीर छ र छिट्टै समाधानका लागि आवश्यक छलफल अघि बढाइनेछ भनेका थिए । मन्त्री यादवको साथमा बिरगंज महानगरकापालिकाका नगर प्रमुख राजेशमान सिंह पर्सा प्रहरीका प्रमुख एसपी कुमोद ढुङ्गेल , जेलर प्रशासन प्रमुख लगायत सबै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.