मसिहानीका आगलागी पीडितलाई आर्थिक सहयोग

26

वीरगञ्ज– जनमत पार्टीका युवा नेता ब्रजेश्वर चौधरीले पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर  ५ मसिहानी गाउँका एक आगलागी पीडित श्रीराम ठाकुर हाजाम आर्थिक सहयोग गरेका छन । चौधरीले पिडित ठाकुरलाई राहत सहयोग स्वरूप रु ५ हजार नगद सहयोग गरेका हुन ।

मंसिरको ३ गते एक्कासी उनको गोठ मा आगलगी भएक़ो थियो। मच्छर धपाउनको लागी बालिएको घूरबाट आगो लगेका थियो। आगलागीबाट करीब ४ लाख बराबर को छती भएको पीड़ित ठाकुरले बताएका छन ।

पीडितलाई नेपाल रेडक्रस सोसाइटी बिरगंजबाट पनि सहयोग गरिएको छ भने गाउँकै स्कुलमा अध्ययनतर बिद्यार्थीहरुले नगद २१०० सहयोग गरेका थिए  । अहिलेसम्म गाउँपालिका तथा कुनै निकायहरुबाट कुनै पनि सहयोग उपलब्घ नभएको कारण थोरै भए पनि केही सहज होस भनी उदेश्यले चौधरीले पीडितको घर मैं गई नगद रु ५ हजार रुपैया सहयोग गरेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.