माओवादी र एकीकृत समाजवादी सहितका दल एकतामा, नयाँ पार्टीको घोषणा कात्तिक २० गते
कात्तिक १६, काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका विभिन्न साना दलहरूले कात्तिक २० गते ‘नेकपा समाजवादी’ नाममा पार्टी एकता घोषणा गर्ने भएका छन्।
आज बिहान माओवादी केन्द्र सचिवालयको बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए। बैठकमा एकता प्रक्रियामा रहेका सबै दलका प्रतिनिधिहरूको उपस्थिती थियो।
एकता प्रक्रियामा सहभागी दलहरूमा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन ९मिलन सी० समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल रहेका छन्।
एकता पश्चात नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ। साथै, राजनीतिक सिद्धान्तमा परिवर्तन गर्दै माओवाद हटाइने र मार्क्सवाद–लेनिनवाद मात्रै रहनेछ।
एकतापछि नयाँ पार्टीले निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० भित्र दल दर्ता प्रमाणपत्र लिनुपर्ने निर्देशन दिएको छ।
यस एकताले देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।