मे १७ देखि फेरी सुरु हुंदै आइपिएल
काठमाडौं । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु ९आरसीबी० र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।
इन्डियन प्रिमियर लिग आइपिएलको खेल शनिवार ९मे १७० सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बिआइसिसी० ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० गते हुने जनाएको छ। यसअघि, भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण गत हप्ता आइपिएल २०२५ सिजन स्थगित गरिएको थियो।
क्वालिफायर १ जेठ १५ गते र इलिमिनेटर जेठ १६ गते हुनेछ। त्यस्तै क्वालिफायर २ जेठ १८ गते हुनेछ। प्लेअफ खेलहरुको स्थान अझै घोषणा गरिएको छैन। लिग चरणको खेल जेठ १३ गते लखनऊ सुपर जाइण्ट्स र आरसीबी बीच एकाना स्टेडियममा हुनेछ।
संशोधित पहिलो डबल हेडर एकै दिन दुई खेल आइतवार हुनेछ ।