युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजार भन्दा बढी रुसी सैनिकको ज्यानगयो

147

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ ।

ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् । ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन ।

पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१
स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो । यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ । गत फेब्रअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको बताउनुभएको थियो ।

साभार: यज्यालो अनलाइन खबरबाट

Leave A Reply

Your email address will not be published.