युवालाई स्वरोजगार बनाउने मेरो उम्मेदवारी — ओमप्रकाश सर्राफ

19

वीरगन्ज, १३ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सर्राफले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू बेरोजगार रहेको र रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले आफू निर्वाचित भए पर्सा–१ का एक जना युवा पनि बेरोजगार नरहने गरी स्वरोजगार सिर्जनाका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सर्राफले निकास र विकासका लागि जनमत पार्टी र हर्न छाप नै एकमात्र विकल्प रहेको दाबी गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गर्नुभयो। युवामुखी नीति, स्वरोजगार, उत्पादन र स्थानीय अर्थतन्त्र सुदृढीकरण जनमत पार्टीको मुख्य एजेन्डा रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादव तथा स्थानीय युवा दिलिप पासवान, दिनेश हजरा, सरोज पटेल लगायत सयौंको संख्यामा स्थानीय बासिन्दा र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.