युवा नेता सुधीर पटेललाई जनताको साथ, गाउँ–गाउँमा उत्साह

266

 

१८ भदौ , आनन्द पटेल

आगामी निर्वाचनका लागि पर्सा–१(क) बाट उम्मेदवार रहेका सुधीर पटेल ले आफ्नो क्षेत्र अन्तर्गत वीरगन्ज महानगरपालिका–३२, परसवा टोलमा जनदर्शन गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।

जनताको घरदैलोमा पुगेर समस्या र सुझाव सुन्दै उनले भने, “म अहिलेको बिकराल परिस्थितिमा पनि प्रत्येक गाउँ–टोलमा पुगेर जनताको आवाज सुन्ने प्रयास गर्दैछु। तपाईंहरू सबैको साथ र समर्थनले मेरो मनोबल झनै बढेको छ। निरन्तर यस्तै सहयोग पाइरहे पर्सा जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउन सकिन्छ भन्ने दृढ विश्वास मेरो छ।”

जनदर्शनका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, सडक, रोजगार, खानेपानी, विद्युतजस्ता आधारभूत सेवामा अझै धेरै सुधार आवश्यक रहेको बताएका थिए। स्थानीय महिला समूहले सरसफाइ, नाली र सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने माग राखे। युवा समूहले भने खेलकुद मैदान, प्राविधिक तालिम र रोजगारी सिर्जनाको माग गरेका थिए।

उनका उत्तरमा उम्मेदवार पटेलले आश्वासन दिँदै भने, “जनताको प्राथमिकतालाई नै मेरो एजेन्डा बनाउँछु। शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, कृषि तथा उद्योगमैत्री कार्यक्रम, युवालाई रोजगारी दिने योजना र प्रत्येक वडामा सन्तुलित विकास मेरो मुख्य लक्ष्य हुनेछ।”

परसवा टोलमा भएको जनदर्शनले स्थानीयलाई उत्साहित बनाएको र आगामी दिनमा उम्मेदवार सुधीर पटेलले गाउँ–गाउँमा निरन्तर जनदर्शन गर्ने कार्यक्रम रहेको उनको टोलीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.