राजनीतिमा नयाँ ऊर्जा, वीरगन्जका प्रभावशाली युवाहरू र महिलाहरू जनमतमा

214

 

श्रावण १५, वीरगन्ज।

देशभर राजनीतिक चेतना विस्तारसँगै जनमत पार्टीप्रति युवायुवती तथा महिलाहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिएको छ। यही क्रममा वीरगन्जका विभिन्न वडाका प्रभावशाली युवा तथा महिलाहरूले आज आयोजित विशेष कार्यक्रममार्फत औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन्।

वीरगन्जस्थित जनमत पार्टी जिल्ला कार्यालयमा सम्पन्न कार्यक्रममा वीरगन्ज वडा नम्बर १४ का राकेश कोइराला, वडा नम्बर ७ का उज्ज्वल लामा, वडा नम्बर ४ का राजु बस्नेत, वडा नम्बर २४ का देव शंकर यादव, रोहित गिरि, प्रदीप यादव, वडा नम्बर ९ का अब्दुल आलम, वडा नम्बर १६ का रोहित यादव, वडा नम्बर ११ का मो. शारुख, वडा नम्बर १२ का मनोज साह तथा छिपहरमाई गाउँपालिका–३ का चन्देश कुमारसहित दर्जनौं युवाहरूले पार्टीमा प्रवेश गरेका छन्।

त्यस्तै, वीरगन्ज वडा नम्बर १४ की नितु देवी, रीमा देवी, सरिता देवी, प्रमिला कुमारी देवी, सुमन कुमारी देवी, सुनिता देवी पटेल, पुनम पटेल लगायत दर्जनौं महिलाहरूले समेत जनमत पार्टीको सदस्यता लिएर पार्टीप्रति आफ्नो विश्वास प्रकट गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूलाई जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिश्रा, प्रदेश सदस्य राजनरायण मिश्रालगायतले औपचारिक स्वागत तथा सदस्यता वितरण गरेका थिए।

कार्यक्रममा महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, क्षेत्रीय संयोजक गगनदेव यादव, महानगर युवा संयोजक संजय सिंह, युवा नेताहरू निरञ्जन कुशवाहा, रोशन शाही, सहनवाज राकी, बिजेन्द्र यादव, युवराज सिंह, गौरीशंकर पटेल, नितीम गिरी, रिना पटेललगायतको उपस्थिति रहेको थियो।

जनमत पार्टीप्रति युवायुवती र महिलाहरूको बढ्दो आकर्षणले पार्टी संगठन थप बलियो बन्दै गएको जनाइएको छ ।

 

Leave A Reply

Your email address will not be published.