राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पैडि खेलिरहेको सांसद चित्रबहादुर केसीको आरोप

334

जेठ २२, वीरगञ्ज । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारीको पैसा अपतलन गर्नेलाई सत्तामा बस्नेहरुले नै जोगाईरहेको बताउनु भएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले राज्य सत्ताको आडमा दलहरुले सहकारीको निति सिधान्त बिपरीत नेपाली जनताले पसिनामा पैडि खेलि रहेका कुरा नेपाली जनतालाई थाहा भएको बताउनु भएको हो ।

उनले शक्तिमा बस्ने मानिषहरुले नै सहकारीको रकम अपचलन गर्नेलाई जोगाउनमा सम्मीलीत भएको कारण प्रतिनिधि सभाको काम कार्यवाही प्रभावित भएको आरोप लगाउनु भयो । सहरकारी ठगीको बारेमा कार्यकारीणी प्रमुुख, महान्यायधिव्क्ता र अनुसन्धान प्रमुखले नै सफई दिएको जिकिर गर्नुभयो । त्यसकारण संसद र सरकारलाई अफ्ठयारोमा पार्ने मात्र काम गरिरहेको उनको भनाई छ ।

उनले सहकारीको रकम अपचलन गर्ने माथी कार्यवाही गर्नु पर्ने बताउनु भयो । सहकारीको पैसा ठगी गर्ने माथी न्यायको त्यो आन्दोलन पुर्ण रहेको र सयबाट नेपाली सोसित जनताको पछमा थियो । अन्याय जती उफ्रिए पनि सत्य सत्य नै हुन्छ उनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.