राष्ट्रिय मतदाता नामावलीमा ठुलो वृद्धि: ६ लाख २० हजार नयाँ मतदाता

39

मंसिर, काठमाडौं । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.