रूपेश पाण्डे नै पर्सा–३ का लागि उपयुक्त नेतृत्वः वडा अध्यक्ष अजोध्या पटेल

103

वीरगञ्ज — पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ का निर्वाचित वडा अध्यक्ष अजोध्या पटेल र पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेबीच सान्दर्भिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

भेटघाटका क्रममा वडा अध्यक्ष अजोध्या पटेलले पर्सा–३ का लागि सक्षम, योग्य, विकासप्रेमी तथा स्पष्ट भिजन बोकेका युवा उम्मेदवारको रूपमा रूपेश कुमार पाण्डेको खुलेर प्रशंसा गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पाण्डेलाई विजयी गराउन वडा तहदेखि क्षेत्र तहसम्म दृढतापूर्वक सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

वडा अध्यक्ष पटेलले परिवर्तन, विकास र सुशासनप्रति प्रतिबद्ध नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गर्दै पर्सा–३ का जनताको चाहना र अपेक्षा पूरा गर्न सक्ने नेतृत्वका रूपमा रूपेश कुमार पाण्डे नै उपयुक्त विकल्प भएको धारणा व्यक्त गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पाण्डेको पक्षमा व्यापक जनसमर्थन जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो।

युवा उम्मेदवार रूपेश कुमार पाण्डेले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै पर्सा–३ लाई विकास, रोजगारी, सुशासन र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले प्राप्त सुझाव र साथलाई आगामी कार्यदिशाको मार्गदर्शनका रूपमा लिने बताउनुभयो।

उक्त भेटघाटले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप उत्साहित, सशक्त र निर्णायक बन्दै गएको संकेत दिएको छ।

Leave A Reply

Your email address will not be published.