रोजगारीका लागि विदेश जान लागेका युवाहरुमा चेतना जगाउँन वीरगञ्जमा सामी कार्यक्रम सम्पन्न

28

वीरगञ्ज– वीरगंज महानगरपालिका वडा नम्बर ३१ वेल्वामा वैदेशिक रोजगारीका लागि जान लागेका युवाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार र स्वीस सरकार बीच भएको दिवपक्षीय समझौता अनुरुप श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल तथा प्रदेश सरकारको समन्वयमा तथा स्थानीय सरकार बीरगंज महानगरपालिकाको नृत्यमा र हेल्मेटस नेपालको प्रविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम अन्तर्गत उक्त वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई ९सामी० कार्यक्रम अधिकृत रामाशंकर कुशवाहाले जानकारी दिनुभएको थियो ।

उनले सो अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो विश्वाससिलो मेन पावरबाट मात्र जना सुझाव दिनुभएको छ। उनले भने यदि वैदेशिक रोजगारीका क्रममा कसैलाई मृत्यु भयो र कुनै रोग लागेमा उपचार गर्न र कानुनी प्रक्रियाबाट अगाडि बढाउन सजिलो हुने बताए । अहिले धेरै ठोगी गर्ने ठगहरु घर घरमा घुमिरहेका छन् उनीहरूलाई पहिचा गर्न धेरै गाह्रो छ त्यसैले वैदेशिक रोजगारी जानुअघि बैकिङ्ग कारोबार मार्फत मात्र आर्थिक लेनदेन गर्न सुझाव अधिकृत कुशवाहाले दिनुभएको छ।

यद्यपि वैदेशिक रोजगारी जानुभन्दा नेपालमै केही गर्नुपर्छ नेपालमा चाहेको खण्डमा पशुपालन देखि कृषि क्षेत्रमा तथा अन्य क्षेत्रमा समेत गर्न सकिने आधार रहेको बताएका छन् । हामी जसरी वैदेशिक रोजगारीमा आफ्नो श्रमशक्ति खर्च गछौ त्यसरी नेपालमा लाज नमानी गरेको खण्डमा यहीँ पैसा कमाउने ठाउँ रहेको समेत बताएका हुन ।अभिमुखिकरण कार्यक्रममा करिब ७० जना युवाहरूको उपस्थित रहेको थियो । अहिले सामी कार्यक्रमले पर्सा जिल्लाको ठोरीसम्म गर्दै युवाहरुलाई जागरुप गर्ने काम सामी कार्यक्रम अधिकृत रामाशंकर कुशवाहाले गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.