लक्ष्मीपुरमा निशुल्क आँखा शिविर: १६१ जना लाभान्वित, समाजसेवी विजेश्वरी चौधरीको सराहनीय पहल
पर्सा, जगरनाथपुर । चैत्र १६ गते जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। तिलगंगा सामुदायिक आँखा अस्पताल (हेडौडा) को आयोजना तथा प्राविधिक सहयोगमा आयोजित उक्त शिविर युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
शिविरमा डा. महेश सिंह घामी, डा. कृष्ण कुशवाहा, डा. रिमा खड्का, असिस्टेन्ट सुनिता देवकोटा, रोशनी गिरी लगायतको प्राविधिक टोली सहभागी रहेको थियो। साथै युवा नेता मनोज कुमार केवट, सञ्चारकर्मी विकास पटेल, अम्बिका साह, उमेश गिरी, नागेन्द्र प्रसाद चौहान, जोधा राम, लालसा देवी लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमार्फत कुल १६१ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये ३३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् भने ३८ जनालाई निःशुल्क आँखा ड्रप वितरण गरिएको छ।

मोतियाबिन्दुका बिरामीहरूलाई अस्पतालको आफ्नै सवारी साधनमार्फत हेडौडा लगेर चैत्र १७ गते शल्यक्रिया गरिने र चैत्र १८ गते पुनः लक्ष्मीपुरमै फर्काइने कार्यक्रम रहेको जानकारी डा. महेश सिंह घामीले दिएका छन्।
यस्ता स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएकोमा स्थानीयवासीहरूले आयोजक तथा विशेषगरी अध्यक्ष चौधरीप्रति आभार व्यक्त गरेका छन्।