लागुऔषध खैरोहिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ

295

जेठ ३२, वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरोहिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसर्पाकबाट भारत बिहार राज्य मोतिहारी जिल्लाको उदयपुर बस्ने ३० वर्षिय मोहमद नेजामुदिन सिद्दकीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिषेश सुचनाको आधारमा बिआर ०५एवाई १३४६ नम्बरको चार पाङ्गरे टाटा टीगोर गाडीलाई चेक जाँच गर्ने क्रममा गाडी चालकको छेउमा रहेको सिट कभरको भित्र लुकाइ छिपाई राखेको १०२ ग्राम खैरो हिरोईन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेको सिद्दकीलाइ थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.