लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग
वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभा हलमा आयोजना गरिएको थियो । क्लबका अनुसार कार्यक्रमको उद्देश्य वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै महासङ्घको कार्यालय परिसरलाई हराभरा बनाउने रहेको छ । क्लबकी अध्यक्ष सुशीला साहले संस्थामा हरियालीको महत्त्व हुन्छ, र स(साना प्रयासहरूले पनि समाजमा ठूलो सकारात्मक सन्देश दिन सक्छ । क्लब सामाजिक कार्यमा अझ सक्रिय रहने प्रतिबद्धता सहित यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने बताईन । साथै उनले क्लबको कार्यक्रमलाई संचारकर्मीहरुले पनि साथ र सहयोग गर्न आग्रह गरिन ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष ओमप्रकाश खनालको प्रमुख आतिथ्यमा समपन्न भएको थियो । सो अवसरमा महासंघका सचिव विजय महतो, सहसचिव अजय चौरसिया कार्यसमिति सदस्य अजित भुजेल, रितेश झा, आरोहण साह, लगायत महासङ्घका अन्य पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
साथै, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका पदाधिकारीहरूसँगै अन्य विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले क्लबको सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सरोकारको प्रशंसा गर्दै यस्ता सहयोगमूलक पहल भविष्यमा पनि निरन्तर रहनुपर्नेमा जोड दिए ।