लिटिल बडी प्री–स्कुलको वार्षिक खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

24

वीरगञ्ज । महानगरपालिका–८, पानीट्याङ्कीमा अवस्थित लिटिल बडी प्री–स्कुलले आयोजना गरेको वार्षिक खेलकुद सप्ताहको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका तथा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई विद्यालयको तर्फबाट मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

समापन समारोहका अध्यक्ष विजय कुमार बल रहनुभएको थियो भने प्रमुख अतिथि प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष पुरण प्रधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक तहदेखि नै खेलकुद, अनुशासन र नैतिक शिक्षाको महत्व उल्लेख गर्नुभयो। उहाँले शैक्षिक अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राख्दै आएको लिटिल बडी प्री–स्कुलको प्रशंसा गर्दै यस्ता गतिविधिले बालबालिकामा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राहुल श्रीवस्तव, सुरज बाबु पटेल, शिव गुप्ता, आलोक चौरसिया, अमित आलोक, सन्नी पाख्रिन, प्याब्सन पर्सा कार्यसमिति सदस्य शुशिल के.सी., नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, आइडियल एकेडेमीका प्रधानाध्यापक सुमित कलवार तथा विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुप्रिया पौडेलले खेलकुदले बालबालिकालाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सबल र सामाजिक रूपमा सक्रिय बनाउने बताउनुभयो। कार्यक्रमको सञ्चालन स्वेता गुप्ताले गर्नुभएको थियो।

खेलकुद सप्ताह सफलतापूर्वक सम्पन्न गर्न खुसी श्रेष्ठ, अस्मिता थापा, रिया रौनियार, लक्ष्मी सरार्फ, प्रिति गुप्ता, दिपा राई, चाँदनी चौधरी, अनु सरार्फ, सितास्मा गुरुङ र रेखा श्रेष्ठलगायत शिक्षिकाहरूको उल्लेखनीय भूमिका रहेको विद्यालयले जनाएको छ। समापन कार्यक्रमको सञ्चार कभरेज जगत राई र दिपु बर्णवालले गर्नुभएको थियो।

विद्यालय परिवारले अभिभावक, अतिथि तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता बालमैत्री तथा शैक्षिक गतिविधिहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.