लिपनीविर्तामा सीए अजय चौरसियालाई उत्साहजनक समर्थन

85

वीरगञ्ज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

अभियान अन्तर्गत विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा सम्पन्न घरदैलो कार्यक्रममा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति र उत्साहजनक समर्थन देखिएको छ। चौरसियाले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्दै ती क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताए।

अभियानलाई सम्बोधन गर्दै चौरसियाले भने,

“हामी जनताको घर–घर पुगेर उनीहरूका समस्या सुन्ने र समाधान गर्ने स्पष्ट प्रतिबद्धता बोकेर अघि बढेका छौं। नागरिकहरूको यो समर्थनले हामीलाई थप ऊर्जा दिएको छ।”

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले चौरसियाको सक्रियता तथा पार्टीको नीति–कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

Leave A Reply

Your email address will not be published.