लैगिक हिंसा सम्बन्धि ७५ थान जनचेतना मुलक पर्चा, पम्पलेट बितरण
१० फाल्गुन, वीरगंज
लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया(२ पर्साको आयोजनामा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं २ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि लैगिक हिंसा सम्बन्धि अ। ७५ थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरियो।
लैङ्गिक हिंसा भन्नाले लैङ्गिकताका आधारमा हुने शारीरिक , मानसिक , यौनजन्य दुर्ववहार , सामाजिक कुरितीजन्य व्यवहार लगायत लैङ्गिक भेदभावका आधारमा हुने हिंसा तथा प्रचलित नेपालको कानुनले तोकेको परिभाषालाई लैङ्गिक हिंसा मानिन्छ , त्यस्ता हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य उपचार लगायत अन्य आवस्यक सेवाहरु निसुल्क प्रदान गर्ने सो पर्चा पम्पलेट मार्फत जानकारी हुने भएकोले यो प्रभावकारी समेत हुने भएको छ ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका सदस्य अजित भुजेलको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं।२ का महिला वडा सदस्य श्रीमती संगिता थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी सहायक हवल्दार चक्र बहादुर श्रेष्ठ , प्र।ज।अभिनेश राय ,प्र।ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।