वाइसीएल नेपाल परवानीपुरको दोस्रो भेला सम्पन्न, अनिरुद्ध पटेलको अध्यक्षमा २१ कार्यसमिति गठन

223

१३ जेठ परवानीपुर बारा , आनन्द पटेल

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल परवानीपुर गाउँपालिकाको दोस्रो भेला मंगलबार सम्पन्न भएको छ । आज बसेको भेलाले अनिरुद्ध (सुनील) पटेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी सर्वसहमत रूपमा गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा अनिल गुप्ता, रञ्जन महतो, सचिवमा अञ्जली पटेल, सहसचिवमा नमोजी गुप्ता , रेहान आलम, कोषाध्यक्षमा राजकुमार चौहान यसैगरी सदस्यहरुमा – विकास मण्डल, अरविन्द गुप्ता, विशाल राम, दीपेन्द्र पाल, सरोज हवारी, नसोदिन हवारी, अर्जुन मुखिया, सुनिल गुप्ता, विशाल महतो, ज्योति दास, तारिफ हवारी, शैलेन्द्र पटेल, अजय पटेल, दिनेश पटेल, रवि पासवान, सुबास पटेल, विकास मण्डल, राधेश्याम मण्डल लगायत रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य राजन पौडेलले निर्वाचित सबैलाई टीका लगाएर शुभकामना दिए । साथै उनले अब यो कमिटीलाई सशक्त रुपमा यो पालिकामा काम गर्ने र युवाहरुलाई जोड्दै पार्टीलाई थप बलियो बनाउने काममा लाग्न अनुरोध गरे ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी पार्टीका कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साहले अनिरुद्ध पटेलको अध्यक्षमा बनेको यो टिमले धेरै काम गरेर देखाउने छ भनी आफूहरु आशावादी रहेको बताए । सो अवसरमा वाइसीएल मधेश प्रदेश सह – इन्चार्ज देवसरण साह, बारा जिल्ला अध्यक्ष शुभनारायण पटेल, पार्टीका नेता लालबहादुर पटेल, विवेक साह, एसके ठाकुराई लगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.