विद्यालयस्तरीय क्रिकेटमा पाँच खेल सम्पन्न, रोमाञ्चक नतिजा

4

पौष ४ वीरगञ्ज आनन्द पटेल।

अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताअन्तर्गत आज छात्रा तथा छात्र तर्फका पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। खेलहरूमा विभिन्न विद्यालयका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

छात्रा तर्फको पहिलो खेलमा माउन्ट एडमण्ड र जीवन ज्योति बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माउन्ट एडमण्डले जीवन ज्योतिलाई ९ विकेटले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) स्मृति कुमारी भुलाम घोषित भइन्।

छात्र तर्फको दोस्रो खेलमा अल्पाइन र माउन्ट मकालु आमनेसामने भएका थिए। प्रतिस्पर्धात्मक खेलमा अल्पाइनले माउन्ट मकालुलाई २९ रनले पराजित गर्‍यो। उत्कृष्ट प्रदर्शनका कारण अजाद आलम ‘प्लेयर अफ द म्याच’ बने।

छात्रा तर्फको तेस्रो खेलमा गौतम र गुरुकुलबीच भएको खेलमा गौतमले ६० रनको फराकिलो जित निकाल्न सफल भयो। गौतमको जितमा उत्कृष्ट भूमिका निर्वाह गरेकी श्रेष्का बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

छात्रा तर्फकै चौथो खेलमा अल्पाइन र एस.आर. ग्यालेक्सीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा एस.आर. ग्यालेक्सीले अल्पाइनलाई ५ विकेटले पराजित गर्दै जित हात पार्‍यो। रागनी कुशवाहा उत्कृष्ट खेलाडी घोषित भइन्।

छात्र तर्फको पाँचौँ खेलमा गौतम र गोल्डेन फ्युचरबीच भएको खेलमा गोल्डेन फ्युचरले गौतमलाई ७ विकेटले पराजित गर्‍यो। गोल्डेन फ्युचरको जितमा उत्कृष्ट प्रदर्शन गरेका रेहान अन्सारी ‘प्लेयर अफ द म्याच’ बने।

प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.