विरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडी शहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साह पक्राउ

440

२६ चैत्र वीरगंज्
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला ९ल्याब० मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब प्रमुख पक्राउ
वीरगन्ज महानगरपालिका– १५ स्थित शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिका र प्रहरीको टोलीले सोमबार अपराह्न छापा मारेको थियो ।

छापामारीको क्रममा ल्याबबाट म्याद गुज्रिएको केमिलक बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साहलाई प्रक्राउ गरिएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

म्याद नाघेका केमिकलका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको उनले जनाए । प्रहरी स्रोतका अनुसार सन् २०२१ मै म्याद सकिएको केमिकल समेत ल्याबबाट बरामद भएको छ ।

Leave A Reply

Your email address will not be published.