विश्व विद्यार्थी दिवसको अवसरमा वादविवाद तथा नृत्य प्रतियोगिता सम्पन्न

257

असोज ३ वीरगन्ज, आनन्द पटेल

विश्व विद्यार्थी दिवसको उलक्ष्यमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता वीरगन्जमा सम्पन्न भएको छ । उत्तम नेपाल संस्थाले आयोजना गरेको वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता विरगंज पब्लिक कलेजको सभा हलमा सम्पन्न भएको हो । वादविवाद प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी नेपाल रेल्वे माध्यमिक विद्यालय दोस्रो स्थान प्राप्त गरेको छ भने श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी नृत्य प्रतियोगिता अन्तर्गत श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी सुरजी देवी माध्यमिक विद्यालय दोस्रो स्थान प्राप्त गरेको छ भने नेपाल रेल्वे माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा विजयी विद्यालयका छात्र छात्राहरुलाई मेडल , शिल्ड र प्रमाणपत्रले सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी मधेश विश्व विद्यालयका उपकुलपति दीपक शाक्यले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

उनले सामुदायिक विद्यालयहरूमा पढाइको अलावा अतिरिक्त क्रियाकलापहरू कम हुने गरेको तर उत्तम नेपाल संस्थाले आज विश्व विद्यार्थी दिवसको अवसरमा आयोजित यो कार्यक्रमले विद्यार्थीहरुमा एउटा नयाँ जोस र केही गर्न सक्ने आशा पलाएको बताए । उनले आयोजक संस्थालाई आउने दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए । साथै उनले यस्ता किसिमका कार्यक्रमहरुमा आफू पनि साथ र सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

सो प्रतियोगितामा १० वटा सामुदायिक विद्यालयहरूको सहभागीता रहेको संस्थाका अध्यक्ष विट्टु गुप्ताले जानकारी दिए । वादविवाद प्रतियोगिताका निर्णायक मंडलमा एनप्याब्सन वीरगन्ज महानगरका अध्यक्ष तथा सगरमाथा एकाडेमीका सञ्चालक जियालाल गुप्ता र संकल्प लोकसेवाका सञ्चालक तथा प्रध्यापक अशोक साह रहेका थिए । निर्णायक मण्डलका शिक्षकहरुले पनि विजयी भएका विद्यार्थीहरुलाई शुभकामना दिनुका साथै सबै सहभागी विद्यार्थीहरुलाई अगामी कार्यक्रमको लागि अझ तयारी गर्न सुझाव दिएका थिए ।

यसैगरी नृत्य प्रतियोगिताका अन्तर्गत निर्णायक मंडलमा नृत्य प्रशिक्षक अमन गुप्ता र इसुध खडकी रहेका थिए । कार्यक्रममा मुनलाइट माध्यमिक विद्यालयका सुलभ केसी, गरिमा सोनी, लगायत विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम संस्थाका संस्थापक फिरोज अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन आयुसमा सोनीले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.