वीरगंजको हरिखेतान बहुमुखी क्याम्पसमा आज देखि दुई दिने अन्र्तराष्ट्रिय स्तरको अंग्रेजी भाषा सम्बन्धि सम्मेलन शुरु

73

वीरगंजको हरिखेतान बहुमुखी क्याम्पसमा आज देखि दुई दिने अन्र्तराष्ट्रिय स्तरको अंग्रेजी भाषा सम्बन्धि सम्मेलन शुरु भएको छ । करेन्ट रिसर्च ट्रेन्डस ईन ईङ्गलिश ल्यांग्वेज एजुकेशन० बिषयक दुई दिने सम्मेलन वीरगंजमा शुरु भएको हो । सम्मेलनको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानसमा दिप प्रज्जलन गरि गरेका थिए ।

दुई दिन सम्म चल्ने सो कार्यक्रममा अंग्रेजी भाषा शिक्षाको नवीनतम प्रवृत्तिहरू, अनुसन्धान विधिहरू, तथा शिक्षण–प्रशिक्षणका आधुनिक दृष्टिकोणहरूमाथि प्रस्तुति र छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनले क्षेत्रीय तथा राष्ट्रिय तहमा अंग्रेजी भाषा शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

हरिखेतान क्याम्पसका प्रमुख किसोरी राय यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्साका एसपी गौतम मिश्र,शिक्षाविद् जयराज अवस्थी,लगायत अंग्रेजी भाषाका बिद्धवान, अनुसन्धानकर्ता, शिक्षक, तथा विद्यार्थीहरू गरी सय भन्दा बढी सहभागी भएका छन्। समारोहको आयोजनामा स्थानीय शैक्षिक संस्थाहरूको समेत सहकार्य रहेको आयोजकहरूले जनाएका छन । काठमाडौं युनिभर्सिटि स्कुल अफ एजुकेशन र अमेरिकन दुतावासको सहकार्यमा सम्मेनल भईरहेको क्याम्पसका प्रमुख किसोरी राय यादवले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.