वीरगंजमा पानीको माग गर्दै जनमत महिला संघ पर्साको आन्दोलन सुरु
दीर्घकालीन खानेपानी समस्याको समाधानको माग गर्दै जनमत महिला संघ पर्साले जलसत्याग्रह आन्दोलन सुरु गरेको छ। “पानी देउ या मारी देउ” “तिनै तहका सरकार आँखा खोल” भन्ने नारा सहित बुधबारबाट आन्दोलन सुरु गरिएको हो।
वीरगंजको घण्टाघरमा शुरु सत्याग्रहको क्रममा महिलाहरू बाल्टी, ग्रागी बोकी सडकमा उत्रिएर विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले “पानीको हक मार्न पाइँदैन”, “वीरगंजमा पानीका लागि विशेष प्याकेज घोषणा गर” भन्ने प्लेकार्डसहित सरकारलाई खबरदारी गरेका छन्।
जनमत महिला संघले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई पानीको व्यवस्थापन गर्न आह्वान गरेको छ। आन्दोलनको अवसरमा जनमत पार्टी पर्साका नेता तथा कार्यकर्ताहरूको उपस्थिति पनि उल्लेखनीय थियो।
संघले चेतावनी दिएको छ कि माग पुरा नभएसम्म सत्याग्रह आन्दोलन जारी रहने जनमत पार्टी पर्साका जील्ला संयोजक ओमप्रकाश सराफले जानकारी दिए ।