वीरगंजमा बुधबारदेखी १ महिनासम्म जूता. चप्पल व्यापार मेला लाग्दै

582

१ फाल्गुन, वीरगंज

दोस्रो बीरगंज फुटवेयर एक्सपो २०८० बीरगंजमा फागुन २ गतेदेखि १ महिनासम्म चल्ने भएको छ। दोस्रो बीरगंज फुटवेयर एक्स्पो २०८० का संयोजक सुरज बन्जाडेले आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलन मार्फत मेलामा एक महिनामा करिब ३ करोड बराबरको ३५ देखि ४० हजार जोडि जुत्ता चप्पलको कारोबार गर्ने लक्ष्य लिएको बताएका छन् ।बीरगंजको आर्थिक नगरी बीरगंजमा आफुहरुले दोस्रो पटक फेरि फुटवेयर एक्स्पो संचालनमा ल्याउने काम गरेकोमा बारा ,पर्सा ,रौतहट ,तथा छिमेकी देश भारत स्थित रक्सौलका उपभोक्ताहरु खरिद गर्न आउने अनुमान गरिएको संयोजक बन्जाडेले पत्रकार सम्मेलनमा बताएका हुन । १३ वटा उधोगका ३० भन्दा धेरै ब्रान्डका ३ हजार भन्दा धेरै डिजाइनका जुत्ता चप्पलहरु राखिने र १५५ देखि ५०५ सम्म छुट रहेकोले सबै उपभोक्ताहरुले मौकामा फाइदा लिन अपिल गरेका छन् । हामी डिलर ,होलसेलर ,खुद्रा,ब्यापारीलाई ११ महिना मुनाफा दिने गरेकोमा १ महिना आफुहरुले सिधा कम्पनीले ग्राहकलाई सस्तो मुल्यमा जुत्ता चप्पल दिन लागेको बताए । अहिले हामीले नेपाली ब्रान्डका विभिन्न डिजाइनको विदेशी जुत्ता चप्पल जस्तै गुणस्तरीय र सस्तो दिन लागेकोले नेपाली बजारमा निकै बिक्रीवितरण भइरहेकोले यहाँका ग्राहकले पनि त्यो सुविधा पाउन सकुन् भन्ने उदेश्यले यो दोस्रोपटक बीरगंज फुटवेयर मेलाको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बन्जाडेले बताएका छन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यमा सो पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.