वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने : ईश्वर पोखरेल

398

वीरगञ्ज १८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विगतदेखि आर्थिक नगरीको रूपमा परिचित वीरगंजका व्यवसायीहरूको लगानी संरक्षण, प्रवद्र्धन गर्दै आर्थिक गतिविधि सँगसँगै सूचना प्रविधि, प्राविधिक शिक्षा एवं आधुनिक कोर्ष पढाइ हुने शैक्षिक कार्यक्रम र शैक्षिक संस्थानको भौतिक संरचना निर्माण गरी शिक्षाको हब बनाउनुपर्नेमा जोड दिए ।

उनले शैक्षिक हबको रूपमा वीरगंज विकसित भयो भने दक्ष जनशक्ति उत्पादन गर्न वीरगंजले ठूलो योगदान गर्न सक्ने बताए । देशको विकासको मुख्य आधार कृषि र औद्योगिकीकरणको विषयमा वीरगंजको चिनी कारखाना र कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याएर कृषिमा क्रान्ति ल्याउनुपर्ने उनले बताए ।

पार्टी सङ्गठनबारे उनले पार्टीको लागि खट्ने र मेहनत गर्ने उम्मेदवारलाई नै सर्वसम्मत वा चुनावको माध्यमले ल्याउनुपर्ने बताए । पार्टीको विधान र विधि अनुसार अधिवेशनको सम्पूर्ण प्रक्रिया अगाडि बढाइ पार्टीमा लागेर काम गर्नेहरूको मूल्याङ्कन गरी नेता चयन गर्न उनले सुझाव दिए ।

Leave A Reply

Your email address will not be published.