‘वीरगञ्जको गौरव फर्काउँछौं’—घरदैलोमा ओमप्रकाश सरार्फ

2

वीरगञ्ज । माघ १५ गते पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–३१ का बेलवा र कोनिया, तथा वडा नम्बर–२१ को ताजपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगञ्जको हराउँदै गएको गौरव पुनःस्थापना गर्दै सबैले गर्व गर्न सक्ने सहर बनाउने स्पष्ट भिजन जनमत पार्टीसँग रहेको बताए। उनले वीरगञ्ज र पर्साको विकास तथा समृद्धिको अभियानमा साथ दिन आग्रह गर्दै जनमत पार्टी र ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिल गरे।

सरार्फले आफू जेनेरेसन ‘Z’ (Gen-Z) को प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको उल्लेख गर्दै युवाको आवाज, नयाँ सोच र व्यवहारिक नेतृत्वलाई बलियो बनाउन सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आह्वान गरे।कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्रा, बृजेश्वर चौधरी, भुपेन्द्र साह, अमरनाथ सिंह राठौर, महादेव शर्मा, विष्णु कुशवाहा, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह लगायतका नेताहरूको उपस्थितिसँगै स्थानीयवासीको सयौंको संख्यामा सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.