वीरगञ्जको ड्राइपोर्टमा भारतीय ट्रकको टक्करबाट एक किशोरको मृत्यु
वीरगञ्ज– वीरगञ्ज ड्राइपोर्ट बहुवरी नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार बेलुकी भएको सडक दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । दुर्घटनामा परि
बारा जिल्लाको कवहीगोठ निवासी १६ वर्षीय किशोर को मृत्यु भएको हो ।
ठक्करबाट किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । । घाइते चालक पाण्डेको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार ट्राफिक प्रहरीको भूमिकामाथि स्थानीयहरूले गम्भीर प्रश्न उठाएका छन् । दुर्घटना स्थलबाट मात्र एक सय मिटरको दूरीमा ट्राफिक प्रहरीको उपस्थिति भए पनि उनीहरू समयमै घटनास्थलमा नपुगेको स्थानीयहरूले आरोप लगाएका छन् ।
शवलाई एम्बुलेन्सले लिएर गएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको र यसबिच ट्रक भाग्न सफल भएको स्थानीयहरूको भनाइ छ । ट्राफिक प्रहरीको लापरबाहीका कारण ट्रक भाग्न सफल भएको उनीहरूको आरोप छ ।
स्थानीयले दोषीलाई कानुनी दायरामा ल्याउन र सडक सुरक्षाका उपायहरू मजबुत बनाउन माग गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार फरार ट्रक र चालकको खोजी तीव्र गतिमा भइरहेको छ ।
सडक दुर्घटनाको घटना र ट्राफिक प्रहरीको लापरबाहीले नेपालमा सडक सुरक्षाको स्थिति सुधार्न थप कदम उठाउनुपर्ने आवश्यकता औँल्याएको छ ।