वीरगञ्जको लाटगल्लीबाट तीस लाख बढीको अवैध कपडा बरामद

26

पर्सा– पर्साको वीरगन्ज महानगपालिका ६ लाटगलीबाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेका छन्।

आज आइतबार सामानको ३० लाख ४९ हजार सात सय मुल्य कायम गरि आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइको छ।

पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डीएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

Leave A Reply

Your email address will not be published.