वीरगञ्जमा भारतबाट आएको थप १९ थान सवारी नेपाल सरकारलाई हस्तान्तरण

74

वीरगञ्ज – भारत सरकारले नेपाल सरकारलाई १९ थान १ टन क्षमताको सवारी साधन हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा सवारी हस्तान्तरण गरेका हुन्।

दूतावासका अनुसार, सरकारको अनुरोधअनुसार उपलब्ध गराइएको यी सवारी साधन नेपाल सरकारको लागि सहयोगको रूपमा प्रदान गरिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले सवारी साधन उपलब्ध गराएबापत भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारी साधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.