वीरगञ्जमा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७:३० देखि बेलुका ७ बजेसम्म
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेको भन्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ कार्य तालिका लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार एउटा सूचना जारी गर्दै फागुन ५ गते ९मङ्गलवार० देखि सार्वजनिक बिदाका दिन बाहेक प्रत्येक दिन बिहान ७स्३० देखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सेवा सञ्चालन हुने जनाएको छ ।
पर्साका सहायक जिल्ला प्रमुख अधिकारी सुमन कुमार कार्कीले सेवाग्राहीको अत्यधिक चापका कारण लामो लाइन र प्रतीक्षाको समय बढेपछि सेवा समय विस्तार गरिएको बताए । कामकाजी तथा अन्य नागरिकहरूलाई अफिस समयपछि पनि सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले तोकेको समयमा उपस्थित भई पालो अनुसार सेवा लिन आग्रह गरेको छ । साथै, अनावश्यक भिडभाड नगरी सुव्यवस्थित तरिकाले सेवा उपयोग गर्न अनुरोध गरिएको छ ।
यस नयाँ व्यवस्थाले सेवाग्राहीहरूलाई राष्ट्रिय परिचयपत्र सम्बन्धी प्रक्रियामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।