वीरगञ्जमा हैजा नियन्त्रण प्रयासबारे स्वास्थ्य मन्त्री सिंहद्वारा निरीक्षण

58

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले आइतबार हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै उपचाररत बिरामीसँग भेट गरेका छन्।

नारायणी अस्पतालसहितका स्वास्थ्य संस्थामा पुगेका मन्त्री सिंहले संक्रमितको अवस्था, खानेपानी आपूर्ति, सरसफाइ र ढल व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिए।

उनले स्थानीय निकाय र सम्बन्धित अधिकारीसँग छलफल गर्दै हैजा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। साथै, दीर्घकालीन समाधानका लागि पनि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

“सबै पक्षको सहकार्य, सचेतना र सतर्कताले यो समस्या चाँडै नियन्त्रणमा आउँछ भन्ने विश्वास छ,” मन्त्री सिंहले भने।निरीक्षण टोलीमा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवसहितका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.