वीरगञ्जमा ६९ जनाको सहभागितामा सफल रक्तदान कार्यक्रम सम्पन्न

43

बीरगञ्ज, ०४ पुस — आनन्द पटेल

वीरगञ्ज । प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट, आदर्शनगर वीरगञ्जको आयोजनामा तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा ट्रस्टको आठौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ४ जना महिला सहित कुल ६९ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल चौधरी, आलोक नारायण पाण्डे, दामोदर पण्डित, जितेन्द्र पाण्डे, सत्यम कर्ण, अरुण चौधरी, बन्धन साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष साह, नितेश यादव, बिबेक कुमारलगायतको सक्रिय प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी रहनुभएको थियो भने औषधि व्यवस्था विभाग, वीरगञ्ज शाखाका प्रमुख शम्भु साह विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रम प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टकी अध्यक्ष पुष्पा देवी खण्डेलवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले रक्तदानजस्तो जीवनदायी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

Leave A Reply

Your email address will not be published.