वीरगञ्ज नाकाबाट नेपाली उत्पादनको निर्यातमा उल्लृेखनीय वृद्धि

18

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र०८२ को पहिलो चार महिनामा नेपाली उत्पादनको निर्यातमा उल्लेखनीय वृद्धि देखाएको जानकारी दिएको छ । यस अवधिमा १२ अर्ब ८३ करोड ३३ लाख ६ हजार रुपैयाँको नेपाली सामान भारत र तेस्रो मुलुकहरूमा निर्यात भएको छ ।

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका देशहरूमा नेपाली उत्पादनका विभिन्न वस्तुहरू निर्यात भएका छन् । यीमध्ये तेल, जुस, कपडा, जुत्ता, फलामे पाता, जडीबुटी जस्ता वस्तुहरू विशेष रूपमा निर्यात भएका छन् ।

विशेष तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१र०८२ को चार महिनामा २ अर्ब ८५ करोड ४३ लाख ९७ हजार मूल्य बराबरको फलफूल जुस र जाम भारत निर्यात गरिएको छ । यसै गरी, १ अर्ब ३९ करोड ४९ लाख ९८ हजार मूल्यको फलामे पाता, २ अर्ब २७ करोड ६५ लाख २२ हजार मूल्यको भटमास तेल र १ अर्ब ३२ करोड ६३ लाख १९ हजार मूल्यको सूर्यमुखी तेल पनि भारत पठाइएको छ ।

आर्थिक वर्षको पहिलो चार महिनामा ८६ करोड २४ लाख ५ हजार मूल्यको पिना, ४२ करोड ४० लाख ४८ हजार मूल्यको जमोठ कपडा, ६३ करोड ५४ लाख ८९ हजार मूल्यको विभिन्न आयुर्वेदिक जडीबुटी र १२ करोड ९३ लाख २८ हजार मूल्य बराबरको स्टिल पाइप समेत निर्यात भएको छ ।

यससँगै, १० करोड ५७ लाख ७९ हजार मूल्यको तयारी कपडा, २५ करोड ४९ लाख २० हजार मूल्यको मोलासिस, ४१ करोड ३२ लाख ५१ हजार मूल्यको कुकुर र बिरालोको खाना, ३१ करोड ६६ लाख ५९ हजार मूल्यको दन्तमञ्जन लगायतका उत्पादनहरू पनि निर्यात भएका छन् ।

निर्यातको वृद्धि वीरगञ्ज भन्सार नाकाबाट नेपाली उत्पादनको विदेशी बजारमा अधिक पहुँच सृजना गर्ने सङ्केत मानिन्छ । भन्सार कार्यालयका प्रमुख दिपक लामिछानेले यस आशयको जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.