वीरगञ्ज पथलैया वातावरण मैत्री ई.भी भ्यान सेवा सुचारू
वीरगञ्ज पथलैया चल्ने रुट सोमबारदेखि सुबिधा सम्पन्न एसी सहितको वातावरण मैत्री ई।भी भ्यान सेवा सुचारू भएको छ। बीरगंजको घन्टाघर नजिकै सोमबार पुरानो नारायणी यातायात कम्पनी प्रालिको बीरगंज पथलैया रुट ब्यवस्थापन उपसमिति दुारा संचालित एसी सहितको २१ वटा ई। भी ।भ्यानको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले उदघाटन गर्नुभएको हो ।
उहाँले भने अब जनताहरुलाई सुविधा सम्पन्न वातावरण मैत्री ई। भी भ्यान सुचारु गरेकोमा पुरानो नारायणी यातायात कम्पनी प्रालिलाई धन्यवाद दिनुभएको छ। बीरगंज महानगरपालिकाबाट गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जाउदै जनताको सेवामा कुनै किसिमको समस्या आउन नदिन समेत नगर प्रमुख सिंहले आग्रह गर्नुभएको हो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले भने नारायणी यातायात कम्पनीको सहयोगले सुबिधा सम्पन्न एक पछि अर्को सर्वसाधारणलाई दिएकोमा धन्यवाद दिनुभएको छ। छोटो रुटमा समेत यस्ता एसि सहित सेवा प्रवाहले ब्यवसायीहरु माथि थप विश्वास बढनुका साथै बेरोजगारी भएका चालकहरु रोजगारीको अवसर प्रदान गर्ने ठूलो मद्दत पुग्ने अध्यक्ष बन्जाराले धारणा राख्नु भएको थियो । नारायणी यातायातले हिजोका दिनमा गरेका उपलब्धिलाई थप जनताको विश्वास बढाउने काममा अग्रसरता देखाएको बताए ।
हिरालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो वातावरण मैत्री ईभी भ्यान उदघाटन समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपस्थित गौतम मिश्र,नारायणी संघका विनोद मानन्धर ,बीरगंज पथलैया रुट ब्यवसायी संयोजक विरेन्द्र पटेल ,श्याम उप्रेती ,ट्राफिक निरिक्षक लोकराज भट्ट ,पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठ ,मधेस प्रदेश प्रमुख निशान्त लामिछाने अजित सिंह लगायतको उपस्थित रहेको नेपाल यातायात श्रमिक संघका केन्द्रिय सदस्य दिपक पटेलले जानकारी दिए। कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाईंले गर्नुभएको थियो ।