वीरगञ्ज भन्सारद्धारा सात महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन
वीरगञ्ज — वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु १ खर्ब ७५ अर्ब ३१ करोडको लक्ष्य राखेकोमा ८८ प्रतिशत मात्र पूरा भएको छ।
सूचना अधिकृत उदयसिंह विष्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको छ।
मासिक राजस्व सङ्कलन यस प्रकार रहेको छ: साउन रु १८ अर्ब ४४ करोड, भदौ रु २० अर्ब ७३ करोड, असोज रु १९ अर्ब ९ करोड, कात्तिक रु १७ अर्ब ३३ करोड, मङ्सिर रु २० अर्ब ८० करोड, पुस रु २० अर्ब २० करोड, माघ रु १८ अर्ब ९२ करोड र फागुन रु १९ अर्ब ३४ करोड।
भन्सार कार्यालयले बाँकी समयमा लक्ष्य पूरा गर्न थप प्रयास गर्ने जनाएको छ।