वीरगञ्ज– वडाध्यक्ष कानुको पहल: सडकका कुकुरहरूका लागि विशेष राहत घर सञ्चालन

23

वीरगञ्ज । बढ्दो चिसो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले सडकमा बस्ने कुकुरहरूका लागि विशेष व्यवस्था गरेका छन् ।

चिसोबाट कुकुर लगायतका निराश्रित जनावरहरूलाई राहत प्रदान वडाका विभिन्न स्थानमा कुकुरहरू बस्ने घर ९सेल्टर० को व्यवस्था गरिएको छ । व्यवस्था वडाध्यक्ष कानुको व्यक्तिगत पहल र विभिन्न दाताहरूको सहयोगमा सम्पन्न भएको हो ।

यसअघि अघिल्लो वर्ष पनि उनले सडकका कुकुरलगायत अन्य जनावरहरूका लागि यस्तै घरको व्यवस्थापन गरेका थिए । यस वर्ष फेरि दोहोर्‍याएर कार्यलाई निरन्तरता दिइएको छ ।

वडाध्यक्ष कानुले व्यवस्थाले कुकुरहरूलाई चिसोबाट राहत दिने विश्वास लिएको बताए । “समुदायमा दया र सहयोगको भावना अझ फैलियोस् भन्ने मेरो कामना छ,” उनले भने ।

यसबाहेक, शीतलहरबाट वडावासीलाई जोगाउन वडाध्यक्ष कानुले वडाका विभिन्न स्थानमा आगो ताप्ने ९बोनफायर० व्यवस्था पनि मिलाएका छन् । चिसो बढेसँगै बोनफायर सुविधाले गरिब तथा सडकमा बस्नेहरूका लागि ठुलो राहत भएको छ ।

वडाध्यक्ष कानुको यस्ता मानवीय र सामाजिक कार्यहरूको वडावासी तथा समुदायबाट व्यापक प्रशंसा भएको छ । स्थानीयहरूले उनको पहललाई जनावरप्रति दया र मानवताको उत्कृष्ट उदाहरण भएको बताएका छन् । यस्ता कार्यले समुदायमा सहयोग र करुणाको भावना फैलाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.