वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार ६५ औं निशुल्क भोजन कार्यक्रम सम्पन्न

50

 

वीरगञ्ज, साउन ३१ –

वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल वीरगञ्जमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गरेको छ।

करीब डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवाहरू, असहायहरू, साथै रिक्सा–ईरिक्सा चालक र बाटो हिँड्ने यात्रुहरुलाई घरमा बनेझैं सफा, सुद्घ र गुणस्तरीय भोजन खुवाइँदै आएको छ। प्रत्येक हप्तामा करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मन्त्रलाई आत्मसात गर्दै यो अभियानलाई निरन्तरता दिइएको बताए। उनले दिनदुःखी र असहायहरूको अनुहारमा देखिने खुशी नै आफूहरूका लागि ठूलो प्रेरणा भएको उल्लेख गरे।

त्यसैगरी, सचिव तथा युवा समाजसेवी प्रकाश बाहेतीले “सेवा र सहयोग नै सबैभन्दा ठूलो धर्म र कर्म हो” भन्दै सबैलाई आफ्नो–आफ्नो स्थानबाट मानवतामूलक कार्यमा जोडिन आग्रह गरे।

यस अवसरमा वृद्ध, महिला र बालबालिकालाई स्वादिलो भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार थपी–थपी खुवाइयो।

निशुल्क भोजन सेवामा समाजका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए।

Leave A Reply

Your email address will not be published.