वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म निःशुल्क भोजन कार्यक्रम सम्पन्न

94

 

८ कार्तिक, वीरगञ्ज ।

आनन्द पटेल — वीरगञ्ज समाज सेवाले नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म सञ्चालन गर्दै आएको निःशुल्क भोजन कार्यक्रम शनिबार पनि सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेबाट सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवाहरू, असहाय व्यक्तिहरू, रिक्सा–ईरिक्सा चालक तथा यात्रु–बटुवाहरूलगायतलाई घरमै बनाएको जस्तो सफा, सुद्ध र पोषिलो शाकाहारी भोजन खुवाइँदै आएको छ।

कार्यक्रममा बोल्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मुलमन्त्र आत्मसात् गर्दै समाजले यो अभियान निरन्तरता दिएको बताए। उनका अनुसार, प्रत्येक हप्ताजसो करिब ४५० देखि ५०० जनाले यस भोजन सेवाबाट लाभ लिँदै आएका छन्।

अध्यक्ष गुप्ताले दिनदुःखी र असहायको पेट भरिएपछि उनीहरूको अनुहारमा झल्किने हाँसो नै आफ्ना लागि ठूलो सन्तोष र गौरवको विषय भएको बताए।

त्यसैगरी उपाध्यक्ष तथा युवा समाजसेवी मनोज रौनियारले असहाय र विपन्न व्यक्तिको सेवा नै ठूलो धर्म र कर्म भएको बताए। उनले मानवताको भावना बलियो बनाउन सबैलाई सेवा र सहयोगमा हातेमालो गर्न आग्रह गरे।

Leave A Reply

Your email address will not be published.