वीरगञ्ज–१७ मा रास्वपा उम्मेदवार शुशिल साह कानुद्वारा घरदैलो अभियानको औपचारिक शुभारम्भ
वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको उक्त अभियानमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको छ।
घरदैलो कार्यक्रममा उम्मेदवार कानुलाई मतदाताहरूले आफ्नै दैलोमा खादा लगाई विजयको शुभकामना दिएका थिए। समर्थकहरूले घन्टी बजाउँदै उत्साहजनक सहभागिता जनाएका थिए भने “जय घन्टी, जय घन्टी” नाराले वडा नम्बर–१७ को चुनावी माहोल थप तातेको देखिएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार कानुले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण, युवाको रोजगारी तथा स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवादमार्फत समस्या पहिचान र समाधान खोज्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो।
देशभर निर्वाचनको माहोल तातिँदै जाँदा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूको सक्रियता पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ। वीरगञ्ज–१७ मा सुरु भएको रास्वपाको घरदैलो अभियानले स्थानीय राजनीति थप गतिशील बनेको स्थानीयवासीहरूको भनाइ छ।
आगामी दिनहरूमा पनि घरदैलो कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइने आयोजकले जनाएको छ।