वीरगञ्ज १८ र २१ मा ओमप्रकाश सरार्फको घरदैलो: कृषि आधुनिकीकरण जनमतको मुख्य एजेन्डा

4

फाल्गुन १ गते – पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ र २१ मा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

भेटघाटका क्रममा नेता सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानसँग विभेद गर्दै आएको आरोप लगाए। किसानको सम्मान, अधिकार र संरक्षणका लागि जनमत पार्टी सधैँ तत्पर रहेको उनले बताए। खेतीपातीलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै आम्दानी वृद्धि गर्ने स्पष्ट योजना जनमत पार्टीसँग मात्रै रहेको उनको जिकिर थियो।

उनले देश र मधेसको निकासका लागि स्पष्ट भिजन डा. सीके राउत र जनमत पार्टीसँग मात्रै रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न मतदातासमक्ष अपिल गरे।

कार्यक्रममा रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतका नेताहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.