वीरगन्जमा झालरबत्ती जडान गर्ने क्रममा १७ वर्षीय किशोरको निधन

44

वीरगन्ज, कार्तिक २ – वीरगन्ज महानगरपालिका–१, बजार छपकैयामा दिपावलीको तयारी गर्दै गर्दा झालरबत्ती जडान गर्ने क्रममा १७ वर्षीय पीयूष साहको मृत्यु भएको छ। मृतक पीयूष सोही स्थानका लालु साह तेलीका छोरा हुन्।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार घटना धनतेरसको अवसरमा शनिबार साँझ करिब ६ बजे भएको हो। आफ्नै एकतले घरमा झालरबत्ती जडान गर्ने क्रममा अचानक बिजुलीको करेन्ट लाग्दा पीयूष अचेत भई लडेका थिए।

घटनापछि स्थानीयले उनलाई तत्काल नारायणी अस्पताल पुर्‍याए। तर, त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिनुभयो।

दिपावली नजिकिँदै गर्दा झालरबत्ती र अन्य विद्युत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई प्रहरीले विशेष आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.